७ श्रावण २०८३, बिहिबार

सामलिङ्ग पावरको नयाँ संचालन समिति गठन, अध्यक्षमा मोहन दास मानन्धर नियुक्त



काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले नयाँ संचालन समिति गठन गरेको छ । कम्पनीको जेठ १६ गते बसेको संचालन समितिले अध्यक्ष सहित ७ सदस्य संचालक समिति गठन गरेको हो ।

कम्पनीको उक्त बैठकले अध्यक्षमा मोहन दास मानन्धरलाई नियुक्त गरेको हो । साथै, संचालकमा शम्भु प्रसाद फयल, श्याम मिलन श्रेष्ठ, गोपाल मानन्धर, सर्वसाधारण समूह ख बाट निर्वाचित विनय कुमार तोदि, सर्वसाधारण समूह ग बाट निर्वाचित दुर्गा देवि अधिकारी र स्वतन्त्र ब्यवसायिक संचालकमा राजु शाक्यलाई नियुक्त गरेको हो ।

यस अघि ११ सदस्यीय संचालक समिति रहेकोमा अहिले भने घटाएर ७ सदस्यीय संचालक समिति गठन गरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्