गरिमा विकास बैंकका ग्राहकहरुलाई जंगल भिल्ला रिर्सोटमा १५% छुट « Arthapath.com
२० जेष्ठ २०७९, शुक्रबार

गरिमा विकास बैंकका ग्राहकहरुलाई जंगल भिल्ला रिर्सोटमा १५% छुट



काठमाडौं । गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्य नजर गर्दै विभिन्न अवसरहरु प्रदान गर्दै आइरहेको छ । सोही क्रममा बैंकले आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै हाम्रो ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि पर्यटकिय स्थल चितवनको प्रख्यात होटल ‘जंगल भिल्ला रिर्सोट’मा छुट सम्बन्धी समझदारी गरेको हो ।

सम्झौता अनुसार, उक्त होटलले विभिन्न प्रकारका रुम तथा फुड एण्ड वेभरेजमा समान १५ प्रतिशत छुट प्रदान गरिनेछ । यस बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकहरुले उक्त होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नेछन् ।

हाल गरिमा विकास बैंकले १२१ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहक महानुभावहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्