शनिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । नेपाल सरकारले जेठ २१ गते अर्थात शनिबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक सूचना प्रकाशित गर्दैै रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन भोली (शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलबाट जावलाखेल पुगेको चौथो दिन मच्छिन्द्रनाथको भोटो राष्टपति विद्यादेवी भण्डारीले देखाउने परम्परा रहेको छ । सोअवसरमा देशभर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।
मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वको रुपमा रहेको छ ।














