कामना सेवा विकास बैंकको १३ औं शाखा रहित बैंकिङ्ग सेवा झापाको कमल गाउँपालिकामा सञ्चालन « Arthapath.com
२५ जेष्ठ २०७९, बुधबार

कामना सेवा विकास बैंकको १३ औं शाखा रहित बैंकिङ्ग सेवा झापाको कमल गाउँपालिकामा सञ्चालन



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा जेष्ठ २५ गते बुधबारदेखि झापाको कमल गाउँपालिका ७ गेउरियामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

कमल गाउँपालिका ७ गेउरिया बस्ने सन्तोष राईलाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ७ का वडा अध्यक्ष पृथ्विपती राईले उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा सुभारम्भ गरिएको हो ।

कार्यक्रममा कामना सेवा विकास बैंक प्रदेश नं. १ का प्रमुख खिमलाल भुसाल, गेउरिया बजार समितीका अध्यक्ष नारायण प्रसाद निरौला लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्