नेपाल ल्यूब आयलको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त
काठमाडौं । नेपाल ल्यूब आयलले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । नेपाल ल्यूब आयल लिमिटेडको संचालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख लगायतका कार्य गर्न शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।
कम्पनीको शेयर रजिष्ट्रारमा एनअहाईबिएल एस कयापिटल नियुक्त भएपछि कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य क्यापिटलले गर्ने छ । जेठ २६ गतेदेखि संस्थाको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू एनआईबिएल एसक क्यापिटल मार्फत हुनेछ ।












