प्रतिकित्ता १ सय रुपैयाँमा एचआईडीसीएलको ३ करोड ३० लदाख कित्ता शेयर बिक्रीमा, कसरी आवेदन दिने ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रतिकित्ता १ सय रुपैयाँमा एचआईडीसीएलको ३ करोड ३० लदाख कित्ता शेयर बिक्रीमा, कसरी आवेदन दिने ?



काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको हो । कम्पनीको संस्थापक समूहतर्फकोे ३ करोड ३० लाख कित्ता असार ५ गतेदेखि बिक्री खुला गर्ने भएको हो ।

यसअघि कम्पनीले फागुन १ गतेदेखि फागुन १५ गतेसम्म बिक्री खुला गरेको थियो । तर सेवोनले फागुन १३ गते बिक्री प्रक्रिया स्थगित गर्न निर्देशन दिएपछि रोकिएको थियो । उक्त समयमा संस्थापक समूहको शेयर भएतापनि दोश्रो बजारमा सर्वसाधारण सरह नै कारोबार हुने कम्पनीले बताएको थियो । सोही कारण स्थगित भएको थियो ।

कम्पनीको बैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीले जारी गरेको हकप्रद सेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएको ३ करोड ३० लाख कित्ता शेयर पुनः लिलाम बढाबढ गरी बिक्री गर्ने निर्णय गरेको हो ।

लगानीकर्ताले असार ५ गतेदेखि असार १९ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्युनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको उक्त शेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमाडौँ ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आदर्शनगर विरगञ्ज, हेटौँडा, नारायणगढ, न्यूरोड पोखरा, बुटवल–मिलनचोक, बाग्लुङ्ग, नेपालगञ्ज–त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखा बाट आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्