गरिमा विकास बैंकका ग्राहकले सोल्टी होटलमा १० प्रतिशत छुट

काठमाडौं । गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्य नजर गर्दै विभिन्न किसिमको सेवा सुविधा विस्तार गदैं गइरहेको छ । सोकी क्रममा नेपालकै प्रतिष्ठित ५ तारे होटल ‘सोल्टी होटल’ र यस विकास बैंक बिच होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौतापत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकहरुले काठमाडौंमा अवस्थित ‘द सोल्टी काठमाडौं’ र नेपालगंजमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एण्ड वेभरेजमा आकर्षक १० प्रतिशत छुट पाउने सक्नेछन् ।
हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।