चालु खाता ५४७ अर्ब ३६ करोड रुपैयाँ र शोधनान्तर स्थिति २८८ अर्ब ५० करोड रुपैयाँ घाटामा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चालु खाता ५४७ अर्ब ३६ करोड रुपैयाँ र शोधनान्तर स्थिति २८८ अर्ब ५० करोड रुपैयाँ घाटामा



काठमाडौं । चालु आर्थिक बर्ष २०७८–७९ को १० महिनामा चालु खाता घाटा बढेको छ । बैशाखसम्ममा सरकारको चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा चालु खाता २ खर्ब ५१ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको थियो ।

शुक्रबार नेपाल राष्ट्र बैंक चालु आर्थिक बर्ष २०७८–७९ को आर्थिक तथा वित्तीय अवस्थाको तथ्याङ्क सार्वजनिक गर्दै यस्तो जनाएको हो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ५७ करोडले घाटामा रहेको छ ।

त्यस्तै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.३ प्रतिशत कमी आई ७ अर्ब ९९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १८.२ प्रतिशत वृद्धि भई १६ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ६२ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ८ करोड रुपैयाँ रहेको थियो ।

साथै बैशाखसम्ममा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँ घाटामा रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड रुपैयाँ बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्