प्राइम कमर्सियल बैंकको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या र प्रतिकित्ता मूल्य भने खुलाएको छैन ।
बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयरधनी अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्रीका अगाडि बढाउने कम्पनीले जनाएको छ ।