सोल्टी होटलको संचालकको हेरफेर
काठमाडौं । सोल्टी होटल लिमिटेडको संचालक हेरफेर भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै संचालक परिवर्तन भएको जनाएको हो ।
कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने संस्थागत शेयरधनी नेपाल वायुसेवा निगमबाट मनोनित भई संचालक समितिमा प्रतिनिधित्व गर्न संचालक गणेश बहादुर चन्दको ठाउँमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बैशाख २ गते देखि लागू हुने गरी मनोनयन गरी पठाएको थियो ।
सोही मिति देखि लागू हुने गरी जेठ २६ गते बसेको संचालक समितिको बैठकबाट सो अनुमोदन भएकाले अधिकारीलाई संचालकमा नियुक्त गरेको हो ।














