एक्सेल डेभलपमेन्ट बैंकको लाभांश: हालसम्म २८१.४३ प्रतिशत दिँदा पहिलोपटक सिंगल डिजिटमा झर्याे

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंक सञ्चालक समितिको जेठ ३० गते बसेको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजार १३९.११ रुपैयाँको ८.५० प्रतिशत अर्थात् ९ करोड ७९ लाख २ हजार ३३१.८२ रुपैयाँ बोनस शेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत अर्थात ५१ लख ५२ हजार ७५४.३१ रुपैयाँ नगद गरी कूल ८.९५ लाभांश वितरण गर्ने भएको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । बैंकले हालसम्म कै कम लाभांश वितरण गरेको हो । गत यसपटक घोषणा गरेको लाभांश यसअघिको भन्दा थोरै हो ।
अघिल्लो आर्थिक बर्षमा डबल डिजिटमा लाभांश वितरण गर्दै आएको बैंकले यसपटक भने सिंगल डिजिटमा लाभांश वितरण गरेको छ । बैंकले हालसम्म कूल २८१.४३ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा २२८.७२ प्रतिशत बोनस शेयर र ५२.७१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
