मर्जरपश्चात् गुराँस, प्राइम र यूनियन लाइफ यस्तो बन्नेछ, नेपाल लाइफको नम्बर वान ताज खोस्ला ? « Arthapath.com
३ असार २०७९, शुक्रबार

मर्जरपश्चात् गुराँस, प्राइम र यूनियन लाइफ यस्तो बन्नेछ, नेपाल लाइफको नम्बर वान ताज खोस्ला ?



काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा मर्जर हुने भएका छन् । यी ३ कम्पनीबीच वैशाख २९ गते यूनियन लाइफकोतर्फबाट अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफकोतर्फबाट अध्यक्ष पियुषराज अर्याल र गुराँस लाइफकोतर्फबाट अध्यक्ष विवेक दुगढले प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

हालसम्म यी ३ कम्पनी स्वाप रेसियो एकिन हुन सकेको छैन् । स्वाप रेसियो निर्धारण भएपश्चात् यी कम्पनी कति स्वाप रेसियोमा मर्ज हुने भनेर एकिन हुनेछ । तर अहिले सबैलाई बराबरमा तुलना गर्दा यी ३ कम्पनी मर्जरपश्चात् चुक्ता पूंजी ७.०१ अर्ब रुपैयाँ, जगेडा तथा कोष २.१४ अर्ब रुपैयाँ, जीवन बीमा कोष ४०.०३ अर्ब रुपैयाँ र हालसम्म कुल बीमाशुल्क ६३.८० अर्ब रुपैयाँ पुग्नेछ ।

पछिल्लो समय बीमा समितिले चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएपछि बीमा कम्पनीहरु मर्जरमा जान लागेका हुन् । जीवन बीमा व्यवासयमा नेपाल लाइफ इन्स्यारेन्स कम्पनी एक नम्बरको ताज सम्हालिरहेका छ । हाल नेपाल लाइफ अधिकांश सूचकमा सबै बीमा कम्पनीभन्दा अगाडि रहेको छ ।

तर गुराँस लाइफ, प्राइम लाइफ र यूनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएपछि जीवन बीमा बजारमा नेपाल लाइफसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ । गुराँस लाइफ, प्राइम लाइफ र यूनियन लाइफ इन्स्योरेन्स मर्जरपश्चात् केही सूचकमा नेपाल लाइफभन्दा अब्बल बन्ने छ भने केही सूचमा नेपाल लाइफ नै अगाडि देखिन्छ । पछिल्लो समय विभिन्न कारणले नेपाल लाइफका सूचकहरुमा घट्दै गएका छन् । यहि अवस्थामा यी ३ कम्पनी मर्जर भएमा भविष्यमा जीवन बीमा कम्पनीमा एक नम्बर बन्न सक्छ ।


प्रतिक्रिया दिनुहोस्