आन्दोलित लगानीकर्तालाई गिज्याउदैं शेयर बजार, ८४ करोडमा खुम्चियो कारोबार १३ वटै उपसूचक राताम्य

काठमाडौं । बुधबार शेयर बजारमा फेरी पहिरो गएको छ । साताको तेस्रो दिन उच्च सुधार आएको शेयर बजारमा आज भने फेरी ओरालो लागेको हो । लगानीकर्ता पूँजी बजार सुधारका लागि विभिन्न १९ बँुदे माग राख्दै आन्दोलित भइरहदाँ शेयर बजारले भने निरन्तर आन्दोलित लगानीकर्तालाई गिज्याइरहेको छ ।
मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश बहादुर हमालले पत्रकार सम्मलेन गदै १९ बँुदे लगानीकर्ताका माग ३ महिना भित्र समाधान गर्ने प्रतिबद्दता जनाएको भएपनि लगानीकर्ता भने आक्रोशित देखिएको छ । बोर्डले समेत लगानीकर्ताको माग माथि अन्यौल तथा गम्भिर रुपमा नलिएको लगानीकर्तामो आरोप छ । शेयर बजारमा आज कारोबार भने केही महिना यता कै खुम्चिएको छ । मौद्रीक नीतिको तेस्रो समिक्ष अघि ९ अर्ब भन्दा माथि पुग्ने कारोबार आज १ अर्ब समेत पुग्न सकेको छैन ।
बुधबार नेप्से ३१.२१ अकंले घटेर १८९३.५३ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेप्से परिसूचक ३७.४९ अकंले बढेर १९२२.३० बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर किनबेच हुदाँ ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३७ लाख १२ हजार ७४६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँको कारोबार भएको थियो ।
आज १३ वटै उपसूचक राताम्य छन् । बुधबार बैंकिङ समूहको १.२१ प्रतिशत, ब्यापार समूहको १.१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०१ प्रतिशत, विकास बैंक समूहको २.७५ प्रतिशत, हाइड्रोपावर समूहको २.४९ प्रतिशत, फाइनान्स समूहको २.६ प्रतिशत, निर्जीवन बीमा समूहको १.९९ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.२३ प्रतिशत, अन्य समूहको २.६६ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.११ प्रतिशत, जीवन बीमा समूहको १.४५ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.८५ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.६९ प्रतिशतले घटेको हो ।