मर्जरमा कुनै बाधा छैन, सहमति अनुसारै नबिल र एनबीका कर्मचारी समायोजन हुन्छ: ढुङ्गाना  « Arthapath.com
९ असार २०७९, बिहीबार

मर्जरमा कुनै बाधा छैन, सहमति अनुसारै नबिल र एनबीका कर्मचारी समायोजन हुन्छ: ढुङ्गाना 



काठमाडौं । पछिल्लो समय बजारमा नविल बैंक र एनबी बैङ्कको मर्जरलाई लिएर अनेक हल्ला चलेका छन् । यसै असार मसान्तभित्र मर्ज भैसक्ने गरी अघि बढेको एनबी नविल मर्जर भएरै छाड्ने ज्वाइन मर्जर कमिटीका सदस्य तथा एनबी बैङ्कका निवर्तमान सीईओ ज्ञानेन्द्र ढुङ्गानाले बताए । 

नेपाल बङ्गलादेश बैङ्कका कर्मचारी युनियनले आफूहरू नविल बैङ्कमा मर्जर भएर जाँदा हुने २ तह घटुवाको विरोध गर्दै राष्ट्र बैंक पुगेका छन् । त्यसलाई काउन्टर दिन नविल बैङ्कका कर्मचारीले पनि स्वतः बढुवाको माग राख्दै बुधवार देखी ३ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको छ । 

नविल बैंक र नेपाल बङ्गलादेश बैङ्कबिच हिजो एमओयू गर्दा कर्मचारी समायोजनको सर्त जे थियो त्यै अनुसार हुने ढुङ्गानाले अर्थपथलाई बताए । मर्जर कुनै हालतमा नरोकिनै भन्दै उनले भने बजारमा चलेका हल्ला र कर्मचारीको आन्दोलनको कुनै औचित्य नभएको बताए । 

बङ्गलादेशबाट हालै फर्केका ढुङ्गानाले भने बजारमा चलेका हल्लाले मर्जरमा बाधा ननिम्तिन बताए । ज्ञानेन्द्रले नविल र एनबी बैङ्कमा कर्मचारीको संरचना नै फरक रहेको भन्दै एनबी बैङ्कका कर्मचारीलाई समायोजन हुँदा दुई तह घटुवा हुने भन्ने कुरा झुटो भएको बताए ।  

कर्मचारी आन्दोलन चर्कदै गएपछि दुवै बैंकका कर्मचारी युनियनका पदाधिकारीहरु राष्ट्र बैंक पुगेका छन् । नियमनकारी निकाय राष्ट्र बैंकले पनि चासो राखेको गभर्नर कार्यालय स्रोतले जनाएको छ ।

यसअघि भएको विषेस साधारणसभाले ज्ञानेन्द्र ढुङ्गानालाई मर्जरपछि बन्ने नविल बैंकको सीईओमा नियुक्त गर्ने सहमती गरेको थियो । तर मंगलबार बसेको नविल बैंकको संचालक समिति बैठकले ढुङ्गानालाई सीईओ नियुक्त गरेको छैन । यही विषयलाई लिएर पनि मर्जरप्रति अनेक संका उव्जिएका हुन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्