सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा लघुवित्तलाई दिनुहोस्, कमिशन बिना बाँड्छौंः अध्यक्ष शर्मा « Arthapath.com
१३ असार २०७९, सोमबार

सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा लघुवित्तलाई दिनुहोस्, कमिशन बिना बाँड्छौंः अध्यक्ष शर्मा



काठमाडौं । लघुवित्त बैंकर्स संघले सरकारले वितरण गर्दै आएका सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा लघुवित्त वित्तीय संस्थाहरुलाई मिलाउन माग गरेको छ । संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई दिएको सुझावमा सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थालाई दिन आग्रह गरेको हो ।

लघुवित्त संस्थाहरु दूरदराजमा समेत पुगेकोले भत्ता लगायत कल्याणकारी योजना लघुवित्तमार्फत वितरणको ब्यवस्था मिलाउन संघले माग गरेको हो ।

लघुवित्त वित्तीय संस्थाहरु दुरदराजमा उपस्थिति भएकोले सामाजिक सुरक्षा भत्तालगायत सरकारका कल्याणकारी योजनाहरु लघुवित्त वित्तीय संस्थाहरु मार्फत कार्यान्वयन गर्ने व्यवस्था मौद्रिक नीतिमा मिलाउन संघले राष्ट्र बैंकसमक्ष माग गरेको हो ।

जसले गर्दा घण्टौ लाग्ने समय बचत हुने र बैंकमा गएर लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य हुने लघुवित्तको ठम्याई छ ।

लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माका अनुसार लघुवित्त संस्थाहरु ७७ वटै जिल्लामा पुगेका छन् । सामाजिक सुरक्षा भत्तालगायत सरकारका कल्याणकारी योजनाहरुलाई लघुवित्तमार्फत वितरण गरियो भने घरदैलोमा नागरिकहरुले सहज रुपमा पाउँछन् । अपाङ्ग, वृद्ध, एकल महिला लगायतलाई यसले सहजता कायम गर्न । ५७–५८ लाख ग्राहक लघुवित्तको प्रत्यक्ष सम्पर्कमा छन्, यो भनेको ठूलो नेटवर्क हो । सामाजिक सुरक्षा भत्ता लयायत सेवा लघुवित्त मार्फत भयो भने सजिलैसँग म्यासेज पनि जान्छ । लघुवित्तको शाखाहरु पनि ठाउँठाउँमा छन् । यो विशुद्ध सर्भिसको ध्येयले राखिएको हो । लघुवित्तको च्यानल बढ्छ । लघुवित्तहरु भिजिबल हुन्छन् । यसमा कमिशन मागेको पनि होइन । लघुवित्तको उपस्थिति बढ्छ । हामीले बिजनेश मोटिभ भन्दा पनि सर्भिस मोटिभ हुन खोजिएको हो ।


प्रतिक्रिया दिनुहोस्