‘सिद्धार्थ केयर’: सिद्धार्थ बैंकको फरक र सफल प्रयोग - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

‘सिद्धार्थ केयर’: सिद्धार्थ बैंकको फरक र सफल प्रयोग



काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुको जिज्ञासा तथा गुनासोहरुको छिटोछरितोरुपमा सम्बोधन गर्न र उनीहरुको रायसुझावहरु ग्रहण गर्न विगत २ बर्षदेखि छुट्टै विभाग खडा गरी सेवा प्रदान गर्दै आएको छ । ‘सिद्धार्थ केयर’ नाम दिइएको यस ग्राहक सेवा केन्द्रको स्थापना सन् २०२० मे १० मा भएको हो । तत्कालिन समयमा नवीन ढङ्गको यो सेवा सुरु गर्ने सिद्धार्थ बैंक संभवतः पहिलो हो ।

‘सिद्धार्थ केयर’ भन्ना साथ ग्राहकको सेवालाई अझ बढी सरलीकृत छिटोछरितो गर्ने कुरालाई दर्साउँछ । यो सेवा केन्द्र सुरु गर्नुको उद्देश्य पनि सोही भएको बैंकको भनाई छ । ‘सिद्धार्थ केयर’ले हप्ताको सातै दिन बिहानको ७ बजेदेखि रातीको १० बजेसम्म बैंकसँग सम्बन्धित् विभिन्न सेवाहरु प्रदान गर्दछ ।

सिद्धार्थ बैंकले आफ्नो यस विभागमा १५ जना कर्मचारीहरुलाई खटाएको छ । कार्यभार बढेसँगै थप जनशक्ति व्यवस्था गर्दै जाने पनि बैंकको भनाई छ । ओम्नी च्यानल पद्दतीमा केन्द्रित बनाएर ग्राहकहरुको आवश्यकता र अपेक्षा बुझी उनीहरुलाई छिटोछरितो र सहजरुपमा बेंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको सिद्धार्थ बैंकको यो विभागले फोन, इमेल, वेब, भाइबर जस्ता माध्यमबाट ग्राहकको सल्लाह र सुझाव प्राप्त गर्ने, गुनासो सुनुवाई गर्ने, बैंकिङ्ग सेवाको अनुरोध लिने, बैंकिङ्ग सेवासुविधा सम्बन्धी जानकारी दिने जस्ता सेवा प्रदान गर्दछ ।

‘सिद्धार्थ केयर’मा सम्पर्क तथा जानकारीका लागि ०१–५९७००२० मा फोन गर्न, [email protected] मा इमेल गर्न, https://chats.viber.com/siddharthabankcustomercare मा भाइबर गर्न तथा बैंकको सम्बन्धित हेल्पडेक्सको वेबसाइट www.siddharthabank.com/helpdesk मा जान सकिन्छ ।

‘सिद्धार्थ केयर’मा ग्राहकहरुबाट आएका जिज्ञासा र गुनासोहरुको सम्बोधन तत्कालै प्रदान गरिने भएकाले पनि यो सेवाको प्रभावकारीता बढ्दै गएको छ । केही जटिल खालका समस्या भने औसतमा एक दिनभित्र सम्बोधन गर्ने काम हुँदै आएको ‘सिद्धार्थ केयर’मा कार्यरत कर्मचारीहरुको भनाई छ ।

‘सिद्धार्थ केयर’ले कसरी गर्छ गुनासो सम्बोधन ?
बैंकले प्रदान गर्दै आएका सेवाहरुबारे ग्राहकहरुले सोधपुछ तथा गुनासो गरेसँगै पहिलो चरणमा उनीहरुको सोधपुछ तथा गुनासो सुनी तत्कालै ‘सिद्धार्थ केयर’ विभागबाट सम्बोधन गर्ने प्रयास गरिन्छ । यदी त्यस्ता जिज्ञासा र गुनासा केही जटिल प्रकृतिका भए प्रमुख गुनासो सुनुवाई अधिकारीसम्म पु-याईन्छ । सम्बन्धित अधिकारीले त्यसको उपयुक्त समाधान दिने काम गर्छ । ती सबै कुराको अनुगमन गर्ने र विवरण लिने काम प्रमुख गुनासो सुनुवाई अधिकारीबाट भइरहेको हुन्छ ।

ग्राहकको सोधपुछ र जिज्ञासाबाहेक उनीहरुबाट आउने सल्लाह र सुझावलाई पनि सिद्धार्थ बैंकले ग्रहण गर्दै आफ्ना सेवा प्रवाहलाई अझ परिस्कृत र ग्राहकमैत्री बनाउँदै लगेको छ । ‘सिद्धार्थ केयर’मार्फत आउने यस्ता सल्लाह र सुझाव पनि सम्बन्धित विभागमा पु¥याउने गरिन्छ । त्यसरी प्राप्त सल्लाह र सुझावलाई सम्बन्धित विभागहरुले विश्लेषण गरी उचित र व्यवहारीक खाले सल्लाह सुझावलाई व्यवहारमा ल्याउने काम गर्दै आएको छ ।

देशभित्र मात्रै नभएर देश बाहिर रहेका आफ्ना ग्राहकलाई समेत आफ्नो सेवा सुविधाबारे सहजरुपमा जानकारी दिने र समस्या सम्बोधन गर्दै आएको ‘सिद्धार्थ केयर’ले ग्राहकबाट आएका चासो, प्रतिक्रिया र गुनासोको छिटो छरितो सम्बोधन गर्न प्रतिवद्ध रहेको जनाएको छ ।

‘सिद्धार्थ केयर’ मार्फत खातासम्बन्धी अनुरोधहरुः पूरानो मुद्दती खाता नवीकरण गर्ने, हराएको चेकको भुक्तानी रोक्ने, मेरो शेयर नवीकरण गर्ने, कार्डसम्बन्धी अनुरोधहरुः नयाँ डेबिट र प्रिपेड कार्ड बनाउने त्यसको पिन रिसेट गर्ने, त्यस्ता कार्ड हराएमा रोक्का गर्ने, कार्ड हराएमा वा म्याद सक्किएमा पुनः बनाउने काम गरिन्छ ।

त्यस्तै, यस विभागबाट लगइन पासवर्ड रिसेट गर्र्नेे, नवीकरण अनुरोध गर्ने, कारोबारसम्बन्धी कुनै समस्या परे सम्बोधन गर्ने काम हुन्छ । पछिल्लो समय विद्युतीय कारोबार बढ्दै गएकाले यस्ता कारोबारमा कुनै समस्या भए ‘सिद्धार्थ केयर’ मार्फत सहजै समाधान गर्न सकिन्छ ।

सिद्धार्थ बैंकले दुई दशक देखि नेपाली जनतालाई स्तरीय र आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । अहिले देशभर १९० शाखाहरु मार्फत सेवा प्रदान गर्दै आएको बैंक आफ्ना सेवाग्राहीप्रति उत्तरदायी ढंगले सेवा प्रवाह गर्न प्रतिवद्ध छ । ‘सिद्धार्थ केयर’ त्यसको एउटा उदाहरण पनि हो । यस सेवा केन्द्रमार्फत उनीहरुका साना ठूला जिज्ञासा, समस्या र सुझावहरुको यथास्रिह उचित सम्बोधनका लागि सधैं तत्पर रहेको बैंकले स्पष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस्