आकाशियो शेयर बजार, साढे २ अर्बको कारोबार हुदाँ १३ वटै उपसूचकमा हरियाली

काठमाडौं । बिहिबार शेयर बजारमा आकर्षक सुधार आएको छ । केही महिना यता निरन्तर घटेको शेयर बजार यो साताको ५ कारोबार दिन मध्ये ३ कारोबारको दिन भने शेयर बजारमा आकर्षक सुधार आएको छ । बजेटमा पुँजी बजार सुधारका लागि आसै कुरा नसमेटिएको भन्दै १९ बँदे माग राखी आन्दोलन गरी रहेका लगानीकर्ता नेपाल धितोपत्र बोर्डको समस्या समाधान गर्ने प्रतिबद्दता जनाएसँगै शेयर बजारमा सुधार आएको हो ।
कुनै बेला ३२०० बिन्दुमा पुग्ने शेयर बजार आजको सुधारले खासै सुधारिएको नमानिने आकंलन गरीएको छ । शेयर बजारमा उताव चडावले गर्दा नाटकिय प्रस्तुत भइरहदाँ फेरी अर्का दिन शेयर बजारमा भारी गिरावट आउने हो की भन्ने डर समेत लगानीकर्ताहरुमा कायम नै रहेको पाइँन्छ ।
लगानीकर्ताका माग पुरा गर्ने बोर्डको प्रतिबद्दतासँगै शेयर बजारमा सुधार आएपनि लगानी गर्ने लगानीकर्ता अझै समेत डराइरहेको अवस्था छ । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाइ नयाँ मन्त्री पठाएसँगै माओवादी केन्द्रबाट अर्थमन्त्री भएका जनार्दन शर्मालाई पनि पार्टीले फिर्ता बोलाउने डरले लगानीकर्ता डराइरहेको आंकलन विज्ञहरुले गरेका छन् ।
बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.९३ अकंले बढेर २०३७.६४ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.३९ अकंले बढेर १९६२.७१ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ करोड ८६ लाख ४३९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँको कारोबार भएको थियो ।
शेयर बजार बढेसँगै आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको २.२ प्रतिशत, ब्यापार समूहको ७.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको ४.८८ प्रतिशत, विकास बैंक समूहको ६.१३ प्रतिशत, हाइड्रोपावर समूहको ४.८६ प्रतिशत, फाइनान्स समूहको ६.९८ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ५.१२ प्रतिशत, अन्य समूहको ५.९२ प्रतिशत, माइक्रोफाइनान्स समूहको ४.८१ प्रतिशत, जीवन बीमा समूहको ३.०६ प्रतिशत, म्युचुअल फण्डको २.६७ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ३.३९ प्रतिशतले शेयर मूल्य बढेको हो ।