नेपाल राष्ट्र बैंकले ३७ जना कर्मचारी माग, शैक्षिक योग्यता आठ कक्षा उत्तिर्ण « Arthapath.com
२२ असार २०७९, बुधबार

नेपाल राष्ट्र बैंकले ३७ जना कर्मचारी माग, शैक्षिक योग्यता आठ कक्षा उत्तिर्ण



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि करारमा ३७ जना कर्मचारी माग गरेको हो ।

बैंकले सुरक्षा समूहतर्फ पिपामा केन्द्रिय कार्यालयका लागि ३ जना, बिराटनगर कार्यालयका लागि २ जना, जनकपुर कार्यालयका लागि १ जना, वीरगञ्ज कार्यालयका लागि २ जना, पोखरा कार्यालयका लागि २ जना, सिद्धार्थ नगर कार्यालयका लागि २ जना, नेपालगञ्ज कार्यालयका लागि २ जना र सुर्खेत कार्यालयका लागि २ जना मागेको छ । त्यस्तै, सवारी चालक (हलुका सवारी चालक) का लागि केन्द्रिय कार्यालयमा १२ जना, जनकपुर कार्यालयमा १ जना र पोखरा कार्यालयमा १ जना कर्मचारी मागेको हो । साथै, बस चालकमा केन्द्रिय कार्यालयका लागि २ जना र जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, धनगढीका लागि १।१ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता आठ कक्षा उत्तिर्ण माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी साउन ४ गते भित्र बैंकको बेभसाइट मा भित्र राखिएको बाट अनलाईन आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्