कामना सेवा विकास बैंकको अनलाईन पोर्टल सार्वजनिक
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल सार्वजनिक गरेको छ । बैंकले असार २२ गते मङ्गलबारका दिन KS Digi world सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवा लागू भएपछि बैंकका ग्राहकहरुले बैंकको वेबसाईट वा मोबाईल एप मार्फत अथवा digiworld.kamanasewabank.com मा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् । KS Digi world मा अनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोशेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरु उपलब्ध छन् ।
साथै बैंकले आगामी दिनहरुमा समेत अन्य अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको छ ।













