छुट्नु होला है, सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

छुट्नु होला है, सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज (असार २४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असार २ गतेदेखि २४ गतेसम्म आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात बाग्लुङ्ग जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट हाखा र एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाडौँबाट आवेदन दिन सकिनेछ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्