यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको अन्तिम कारोबारको दिने शेयर बजार ओरालो लागेको हो । अघिल्लो कारोबारको दिन १६ अकंले घटेको नेप्से आज ३४.७१ अकंले घटेर १९९२.६१ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर किनबेच भएको छ । नेप्से घटेसँगै कारोबार पनि १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँमा खुम्चिएको छ ।

शुक्रबार ग्लोबल आइएमई समुन्नति योजना १ का लगानकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको २.८२ प्रतिशतले बढेको हो । साथै, नबिल इक्वाटी फण्डको २.४६ प्रतिशत, केबिएल डिबेञ्चरबको २ प्रतिशत, लक्ष्मी इक्वाटी फण्डको १.९८ प्रतिशत र गुराँस लघुवित्तको १.९५ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज गुमाउने कम्पनीमा हिमालयन उर्जा विकासको ५.४४ प्रतिशत, बलेफी हाइड्रोपावरको ४.९० प्रतिशत, हिमाल दोलाखा हाइड्रोपावरको ४.७९ प्रतिशत, बेष्ट फाइनान्सको ४.७४ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ४.६६ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्