शेयर बजार निरन्तर राताम्य, कारोबार १ अर्बमा खुम्चिदा १३ वटै उपसूचक राताम्य « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

शेयर बजार निरन्तर राताम्य, कारोबार १ अर्बमा खुम्चिदा १३ वटै उपसूचक राताम्य



काठमाडौं । शेयर बजार निरन्तर ओरालो लागि रहेको छ । अघिल्लो कारोबारको दिन १६ अकंले घटेको शेयर बजार आज पनि भारी गिरावट आएको हो । शेयर बजार सुधारको आशामा रहेका लगानीकर्ता आजै पनि लगानी गर्ने डराइ रहेको छन् । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा सँगै अब आउने अर्थमन्त्रीको पूँजी बजार सम्बन्धी नीतिमा फरक आउने डरले समेत शेयर बजार सुधार हुन नसकेको आंकलन विज्ञहरुले गरेका छन् । मौद्रीत नीति मार्फत लगानीकर्ताका माग पुरा गर्ने शर्माको प्रतिबद्दता अब आउने मन्त्रीले के गर्छ भन्ने कुराले समेत शेयर बजार सुधारिन नसकेको हो ।

शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.७१ अकंले घटेर १९९२.६१ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.६० अकंले घटेर २०२७.३२ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से घट्दा आज १३ वटै उपसूचकमा राताम्य छाएको छ । आज बैंकिङ समूहको १.१६ प्रतिशत, ब्यापार समूहको ३.१३ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.१८ प्रतिशत, विकास बैंक समूहको २.७२ प्रतिशत, हाइड्रोपावर समूहको २.५२ प्रतिशत, फाइनान्स समूहको ३.०३ प्रतिशत, निर्जीवन बीमा समूहको १.०९ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको २.३८ प्रतिशत, अन्य समूहको १.८३ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.४८ प्रतिशत, जीवन बीमा समूहको १.९१ प्रतिशत, म्युचुअल फण्ड समूहको १.०७ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.१४ प्रतिशतले शेयर मुल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्