एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम मौका « Arthapath.com
२६ असार २०७९, आईतवार

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम मौका



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने सोमबार (असार २७ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले असार २८ गतेदेखि साउँन ९ गतेसम्म बुक क्लोज गर्ने भएकाले असार २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनीले चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५१ लाख ५२ हजार रुपैयाँ वितरण वितरण गर्न स्वीकृति प्रदान गर्ने छ । उक्त प्रस्ताव पारितका लागि बैंकले १६औं वार्षिक साधारण सभा साउँन ९ गते सिद्धार्थ होटल विर्तामोड झापामा बिहान ११ बजे बस्ने गरी बोलाएको छ ।

साथै, सभाले बोनस शेयर विवरणबाट बैंक साविक जारी तथा चुक्तापूँजी वृद्धि गरी कायम गर्ने र सोही बमोजिम प्रबन्धपत्रका सम्बन्धित दफा संशोधन गर्नेछ । उक्त सभाले संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको बासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धी अनुसूचीहरु पारित गर्नेछ ।

साथै, चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्