सानिमा लाइफ र रिलायन्स लाइफको शेयर कारोबार रोक्का « Arthapath.com
२९ असार २०७९, बुधबार

सानिमा लाइफ र रिलायन्स लाइफको शेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सानिमा लाइफ र रिलायन्स लाइफको सेयर कारोबार रोक्का गरेको छ । दुबै कम्पनीले जर्जरमा जाने प्रारम्भिक सहमति भएपछि नेप्सले सेयर कारोबार रोक्का भएको हो ।

सो प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका हुन ।

दायित्व तथा सम्पत्ति मुल्यांकन पश्चात् अन्यथा नभएमा १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमती गरिएको छ । हाल सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ भने रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । बराबर हैसियतमा गाभिँदा एकीकृत चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ हुनेछ ।


प्रतिक्रिया दिनुहोस्