झिनो सुधार भएको शेयर बजारमा कारोबार साढे १ अर्बमा खुम्चियो, ८ उपसूचक राताम्य
काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । अघिल्लो कारोबारको दिन सुधार आएको शेयर बजारमा आज भने झिनो सुधार देखिएको हो । शेयर बजारमा केही दिन यता सुधार भइरहेको छ । मौद्रीक नीति आउने समय नजिकिदै गर्दा शेयर बजार समेत सुधार आइरहेको पाइएको छ । शेयर बजार उकालो लागेपनि कारोबार भने सुधारिन सकेको छैन । लगानीकर्ताहरु आफ्नो लगानी अझै सुरक्षित रहेको अनुभूति गरेका छैन । केही महिना अगाडि मात्र १० अर्ब भन्दा माथि जाने कारोबार बजेट भाषण यता झन खुम्चिदै गइरहेको छ ।
अर्थमन्त्री जनार्दन शर्मा परिर्वतन र गर्भनर महा प्रसाद अधिकारीको हट्ने चर्चो र पूँजी बजार सम्बन्धी समस्या मौद्रीक नितिले नलिने डरले लगानीकर्ता लागनी गर्ने डराइ रहेको आंकलन गरीएको छ ।
शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.९३ अकंले बढेर २००९.४६ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.७१ अकंले बढेर २००१.५३ बिन्दुमा कायम भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत ६२ लाख १० हजार ९०८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रुपैयाँको कारोबार भएको थियो ।
शेयर बजार झिनो सुधार देखिएसँगै ५ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । आज बैंकिङ समूहको १.३८ प्रतिशत, विकास बैंक समूहको ०.१५ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.५७ प्रतिशत, जीवन बीमा समूहको ०.३९ प्रतिशत र म्युचुअल फण्ड समूहको १.४९ प्रतिशतले शेयरामूल्य बढेको हो ।
त्यस्तै, आज ब्यापार समूहको ०.६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७८ प्रतिशत, हाइड्रोपावर समूहको ०.७४ प्रतिशत, फाइनान्स समूहको ०.४५ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०४ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.२९ प्रतिशत, अन्य समूहको १.६८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.९५ प्रतिशतले शेयर मूल्य घटेको हो ।













