चौथो त्रैमाससम्ममा आरएसडिसी लघुवित्तको हुदाँ नाफा साढे १३ करोड, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा आकर्षक सुधार देखिएको छ ।
असार समान्तसम्मेको अवधिमा लघुवित्तको खुद नाफा ४८ दशमलव ४५ प्रतिशतले वृद्धि भई १३ करोड ५२ लाख पुगेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा ९ करोड १० लाख नाफा कमाएको थियो ।
त्यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । सो अवधिमा लघुवित्तलको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ४६ दशमलव ३६ प्रतिशत र सञ्चालन नाफा ४९ दशमलव ६५ प्रतिशत वृद्धि भएको छ । असार मसान्तसम्म खुद ब्याज आम्दानी २३ करोड ८२ लाख पुगेको छ भने संचालन नाफा १९ करोड ३१ लाख पुगेको छ ।
त्यसैगरी कम्पनीको चुक्तापूँजी ८० करोड ५१ लाख रहेको छ भने गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा ९ करोड ५० लाख सञ्चित गरेको छ । असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी १६ दशमलव ७९ र प्रतिशेयर नेटवर्थ १२६ रहेको छ ।














