नेशनल माइक्रोफाइनान्सको शेयर बिक्रीमा, क-कस्ले खरिद गर्ने पाउँछन् ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले सस्थापक समूह तर्फको ३ हजार २१० कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
लघुवित्तका संस्थापक शेयरधनी हृदया देवी अधिकारीले २ हजार कित्ता, कमला देबी हेमचुरीले १ हजार कित्ता र पूर्ण बहादुर राईले २१० कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन ३ गते) ले ३५ दिन भित्र लघुवित्तको केन्द्रिय कार्यालय निलकण्ठ ३ धादिङमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।