गभर्नर एमालेका सदस्य हाेइनन्, ब्ल्याक मनिलाई ह्वाइट बनाउन खाेज्नेले हटाउन खाेजे: एमाले महासचिव पाेखरेल « Arthapath.com
४ श्रावण २०७९, बुधबार

गभर्नर एमालेका सदस्य हाेइनन्, ब्ल्याक मनिलाई ह्वाइट बनाउन खाेज्नेले हटाउन खाेजे: एमाले महासचिव पाेखरेल



काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले नेपाल राष्ट्र बैंकका गभर्नर एमालेकाे विभागकाे सदस्य नरहेकाे बताएका छन् ।

बुधबार एमाले प्रचार विभागले गरेकाे अनलाइन पत्रकारसँगकाे अन्तर्त्रियामा महासचिव पाेखरेलले कालाे धनलाई सेताे बनाउन खाेज्ने तत्वले गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन खाेजेकाे बताए ।

सरकार परिवर्तन हुने वित्तिकै कालाेधनलाई सेताे बनाउन खाेज्नेेेेलाई गभर्नर बाधक भएकाे बताए । अर्थतन्त्र जाेेेेेगाउन जाेख्दा गभर्नरमाथी सरकार खनिएकाे पाेखरेलले आराेप लगाए ।

अर्थमन्त्री जनार्दन शर्मा र गठबन्धन सरकार अर्थतन्त्र धारासायी बनाउन लागेकाे एमाले महासचिवकाे आराेप थियाे । एमाले सरकारमा हुँदा ११ महिनालाई पुग्ने विदेशी मुद्रा संचिती रहेकाेमा १ वर्षमै ५ महिनामा आउनुमा वर्तमान गठबन्धन सरकारकाे कमजाेरी रहेेेेकाे पाेखरेलकाे आराेप थियाे ।


प्रतिक्रिया दिनुहोस्