मौद्रिक नितीको मुख मै शेयर बजारमा ओरालो, १ अर्ब ६४ करोडको कारोबार हुदाँ ११ उपसूचक राताम्य - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मौद्रिक नितीको मुख मै शेयर बजारमा ओरालो, १ अर्ब ६४ करोडको कारोबार हुदाँ ११ उपसूचक राताम्य



काठमाडौं । मौद्रिक नितीको मुख मै शेयर बजारमा ओरालो लागेको छ । साताको पाँचौ कारोबार दिन शेयर बजारमा केही सामान्य अकंले घटेको देखिएको छ । शेयर दिन यता निरन्तर झिनो सुधार देखिएको शेयर बजारमा आज भने सामान्य ओरालो लागेको छ ।

नेप्से घटेसँगै कारोबार समेत खुम्चिएको छ । मौद्रिक निति मार्फत लगानीकर्ताले उठाउदै आइरहेको माग सम्बोधन गर्ने सरकारी पक्षको आश्वास पछि पनि शेयर बजार सुधार आउन सकेको छैन । लगानीकर्ता अझै पनि सरकार पछिको विश्वास नमानि लगानी गर्ने डराइ रहेको अवस्था छ ।

बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८७ अकंले घटेर २९४४.७२ अकंले घटेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.८९ अकंले बढेर २०५०.५९ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजार नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँको कारोबार भएको थियो ।

नेप्से झिनो अकंले ओरालो लाग्दा ११ उपसूचक राताम्य भएका छन् । बिहिबार ब्यापार समूहको १.५८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७५ प्रतिशत, विकास बैंक समूहको ०.९८ प्रतिशत, हाइड्रोपावर समूहको ०.६१ प्रतिशत, फाइनान्स समूहको ०.९ प्रतिशत, निर्जीवन बीमा समूहको ०.७८ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १ं.२१ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.४८ प्रतिशत, जीवन बीमा समूहको १.५२ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.४४ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.०७ प्रतिशतले शेयर मूल्यले ओरालो लागेको छ । त्यस्तै, बैंकिङ समूहको ०.१७ प्रतिशत र अन्य समूहको १.०९ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्