लक्ष्मी बैंकको नाफामा सामान्य सुधार आउँदा वितरणयोग्य नाफा २५ प्रतिशतले वृद्धि
काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा सुधार देखिएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी १.७६ प्रतिशतले बढेर १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा भने बैंकको खुद नाफा १ अर्ब ५७ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्मको अवधिमा बैंकको वितरण योग्य नाफा र खुद ब्याज आम्दानीमा समेत सुधार देखिएको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा २५.०६ प्रतिशतले बढेर १ अर्ब २५ करोड ५२ लाख १ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३६ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।
चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी १८.२७ प्रतिशतले बढेर ४ अर्ब ८ करोड ८३ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ४५ करोड ६८ लाख ४० हजार रुपैयाँमा सिमित रहेको थियो ।
समिक्षा अवधिमा बैंकको संचालन नाफा २.१७ प्रतिशतले बढेर २ अर्ब २८ करोड ४६ लाख ८६ हजार रुपैयाँ, चुक्तापूँजी ८ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ, जगेडा कोष १३.८६ प्रतिशतले घटेर ४ अर्ब २५ करोड ३८ लाख ४ हजार रुपैयाँ, सापटी रकम १९.६७ प्रतिशतले बढेर १ खर्ब ३७ अर्ब १४ करोड ७३ लाख ८१ हजार रुपैयाँले बढेको हो ।
बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।













