प्रभु बैंकको खुद नाफा ५१ प्रतिशतले वृद्धि, अन्य सूचक पनि आकर्षक सुधार - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

प्रभु बैंकको खुद नाफा ५१ प्रतिशतले वृद्धि, अन्य सूचक पनि आकर्षक सुधार



काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणमा बैंकको खुद नाफामा आकर्षक सुधार देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा ५१.११ प्रतिशतले बढेर २ अर्ब ६० करोड ३ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा १ अर्ब ७२ करोड ८ लाख ७५ हजार रुपैयाँमा सिमित रहेको थियो ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने ४.६६ प्रतिशतले घटेर १ अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड २४ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी २३.०३ प्रतिशतले बढेर ६ अर्ब १८ करोड २ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष प्रभु बैंकले ५ अर्ब २ करोड ३३ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा ४७.७५ प्रतिशतले बढेर ३ अर्ब ८४ करोड ६२ लाख ५० हजार रुपैयाँ, चुक्तापूँजी १२ प्रतिशतले बढेर १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ, जगेडा कोष ३३.४४ प्रतिशतले बढेर ५ अर्ब ५५ करोड ७७ लाख ६ हजार रुपैयाँ, निक्षेप संकलन ८.३७ प्रतिशतले बढेर १ खर्ब ७८ अर्ब ६५ करोड २१ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ १६ पैसा रहेको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ क्रमश १५ रुपैयाँ १७ पैसा र १५३ रुपैयाँ ५० पैसा रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्