सोमबार एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा हुँदै, यस्ता छन् मुख्य एजेण्डा… « Arthapath.com
८ श्रावण २०७९, आईतवार

सोमबार एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा हुँदै, यस्ता छन् मुख्य एजेण्डा…



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा साउन–९,सोमबार हुने भएको छ । बैंकले १६औं वार्षिक साधारण सभा झापा, विर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजे गर्ने तयारी गरेको छ ।

सभामा मुख्य एजेण्डाको रुपममा लाभांश पारित रहनेछ । त्यस्तै, बैंकले ८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले कुनै बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पारित गर्नेछ ।

यस्तै, सभाले संस्थापक शेयरधनीतर्फको रिक्त सञ्चालक पदमा बाँकी अवधिका लागि गरेको नियुक्तिलाई समेत अनुमोदन गर्ने कम्पनीले जानकारी दिएको छ । यसका साथै सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने छ । सभा प्रयोजनको लागि बैंकले २८ असारमा बुक क्लोज गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्