सनराइज बैंकको खुद नाफा र प्रतिसेयर आम्दानीमा उल्लेख्य वृद्धि
काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणमा बैंकको खुद नाफा र प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ ।
गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा कम्पनी खुद नाफा ४८.६९ प्रतिशत बढेर २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा १ अर्ब ४४ करोड ६५ लाख ५० हजार रुपैयाँमा सिमित थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा समेत सुधार देखिएको छ । बैंकको खुद ब्याज आम्दानी २९.९७ प्रतिशतले बढेर ४ अर्ब ५८ करोड २ लाख १ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५२ करोड ४० लाख ७५ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै चौथो त्रैमाससम्ममा बैंकको संचालन नाफा १९.९० प्रतिशतले बढेर २ अर्ब ७३ करोड ९ लाख ८१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको संचालन नाफा २अर्ब २७ करोड ७७ लाख १६ हजार रुपैयाँमा सिमित रहेको थियो ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्यता नाफा ५७.४३ प्रतिशतले घटेर २५ करोड ६१ लाख १६ हजार रुपैयाँ, चुक्तापुँजी ६.६५ प्रतिशतले बढेर १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ, जगेडा कोष ११.५० प्रतिशतले बढेर ५ अर्ब १४ करोड ३३ लाख ९८ हजार रुपैयाँ, निक्षेप संकलन २३.६५ प्रतिशतले बढेर १ खर्ब ३१ अर्ब ६० करोड ६२ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १ पैसाले बढेर २१ रुपैयाँ २६ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ९ रुपैयाँ ३ पैसा रहेको छ ।













