१६ श्रावण २०८३, शनिबार

साताको दोस्रो कारोबार प्रि ओपन सेसनमा साढे ३ अंक बढ्यो नेप्से



काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक वृद्धि भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ६१.०५ अंक बढेर २०७८.५१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.४७ अंक बढेर २०८१.९८ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२३ अंक बढेको छ ।

सोमबार प्रि ओपन सेसनमा १२ स्टकको ८ लाख ६२ हजार ७८३ रुपैयाँ ५० पैसा बराबरको २ हजार १९४ कित्ता शेयर खरिदबिक्री भएको छ । सोमध्ये ९ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ । बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।