७ श्रावण २०८३, बिहिबार

व्यावसायिक संस्थाको राजनीतिक लबिङ



काठमाडौं । देशमा व्यापारी पनि सरकार र प्रतिपक्षको रुपमा बाँडिएका छन् । हिजो एमाले सरकारहँदा मरिमेटेर लाभ लिएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अहिले एमालेलाई गाली गर्ने अवस्थामा पुगेका छन् । सरकार जुन दलको आएपनि लाभ लिन नजिकिने व्यावसायीहरु अहिले एमालेलाई गाली गरेर कांग्रेससहित गठबन्धनको पक्षमा अन्धभत्त लागेका छन् ।

शेखर गोल्छा जो एमाले सरकारमा हुँदा एमाले निकट विभिन्न व्यापारीको फेरो समाउँदै हिमालयन रि इन्स्योरेन्सको लाइसेन्स लिन सफल भए । एमाले सरकारकै पालमा विभिन्न व्यावसायीक फाइदा लिलएका गोल्छा अहिले एमाले निकट रहेका संस्थाहरुमाथी प्रहार गर्दै हिँडेका छन् ।

उता सीएनआईका अध्यक्ष विष्णु अग्रवाल अहिले पेवर कांग्रेस बनेका छन् । सीएनआईको १९ औं वार्षिकोत्सवमा कांग्रेसका सांसदसमेतलाई बोलाएका अग्रवालले प्रधानमन्त्री शेरबहादुर देउवादेखी पुर्वमन्त्री राज्यमन्त्रीसम्मको भाक्ति गाउन भ्याए । कांग्रेस रिझाउन अग्रवालले आइतबार विना प्रसंगका कांग्रेस मन्त्रीलाई बोलाएर फाइभ स्टार होलटको खाना खुवाए ।

कार्यक्रममा प्रधानमन्त्री प्रमुख अतिथि थिए भने उद्योग मन्त्री दिलेनद्रप्रसाद बडु थिए । अग्रवालले संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की देखी राज्यमन्त्री उमेशलाल श्रेष्ठलाईसमेत बोलाएका थिए । सीएनआईको कार्यक्रममा कांग्रेस सांसद तथा सीएनआईका संस्थापक विनोद चौधरीलाई अगाडी स्टेजमा राखे भने मन्त्रीद्वय कार्की र श्रेष्ठलाई दर्शकदिर्घामा राखेका थिए ।

उता शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको विरोध गर्न उद्योग वाणिज्य महासंघ खुलेर लागेको छ । गठबन्धनलाई सघाउ पु¥याउनेगरी एमाले निकट भनेर आरोप लगाएर खेद्न खोजेका गभर्नर महाप्रसाद अधिकारीले ल्याएको मौद्रिक नितीको महासंघले खुलेर विरोध गरेको छ । निवर्तमान अर्थमन्त्रीले आफ्नो लाभको लागी काम गर्दा हौसिएर समर्थन गर्ने महासंघ अध्यक्ष गोल्छा र सीएनआई अध्यक्ष अग्रवाल आफुअनुकुल स्वार्थ पुरा नभएको भन्दै राष्ट्र बैंकलाइए तारो बनाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्