ग्लोबल आइएमई लघुवित्तको नाफा २५ करोडमाथि, जगेडा कोष ३३ प्रतिशतले बढ्दा प्रतिसेयर नेटवर्थ कति ? « Arthapath.com
१० श्रावण २०७९, मंगलवार

ग्लोबल आइएमई लघुवित्तको नाफा २५ करोडमाथि, जगेडा कोष ३३ प्रतिशतले बढ्दा प्रतिसेयर नेटवर्थ कति ?



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा सुधार देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा १०.०५ प्रतिशतले बढेर २५ करोड ५ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४५ करोड ३१ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद ब्याज आम्दानी २५.३१ प्रतिशतले बढेर ५६ करोड ७८ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ ।

असार मसान्तसम्मको अवधिमा लघुवित्तको संचालन नाफा २६.९३ प्रतिशतले बढेर ३९ करोड ७६ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा ३१ करोड ३२ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी २८ प्रतिशतले बढेर ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ, जगेडा कोष ३३.४५ प्रतिशतले बढेर ४६ करोड ९ लाख ९७ हजार रुपैयाँ, कर्जा सापटी ३३.७४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड २१ लाख ४५ हजार रुपैयाँ, निक्षेप संकलन ३८.४६ प्रतिशतले बढेर २ अर्ब ९६ करोड १२ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ ३९ पैसाले घटेर ४५ रुपैयाँ ३४ पैसा (वार्षिक) कायम भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्