आशा लघुवित्तको खुद नाफामा झिनो सुधार, अन्य सूचक कस्तो ? « Arthapath.com
१३ श्रावण २०७९, शुक्रबार

आशा लघुवित्तको खुद नाफामा झिनो सुधार, अन्य सूचक कस्तो ?



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरणमा अनुसार खुद नाफामा सामान्य सुधार आएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा ०.४४ प्रतिशतले बढेर १२ करोड ३५ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा १२ करोड ३० लाख ५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

असार मसान्तसम्मको अवधिमा लघुवित्तको संचालन नापा ३.८९ प्रतिशतले घटेर १८ करोड ७२ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले १९ करोड ४८ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा लघुवित्तले २६ करोड ५८ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले १९.४७ प्रतिशतले खुद ब्याज आम्दानी गरेर ३१ करोड ७५ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ, जगेडा कोष १२१.३३ प्रतिशतले बढेर २१ करोड ९२ लाख ६५ हजार रुपैयाँ, निक्षेप संकलन ३४.६२ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ४ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १० रुपैयाँ ५९ पैसाले घटेर ३७ रुपैयाँ ०१ पैसा (वार्षिक) मा झरेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ६ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा छ । यसको खराब कर्जा ३.८०% बाट बढेर ३.८५% पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्