मिर्मिरे लघुवित्तको खुद नाफा झण्डै २१ करोड रुपैयाँ, अन्य सूचक कस्तो ? « Arthapath.com
१३ श्रावण २०७९, शुक्रबार

मिर्मिरे लघुवित्तको खुद नाफा झण्डै २१ करोड रुपैयाँ, अन्य सूचक कस्तो ?



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा ८ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लघुवित्तको खुद नाफा ८ प्रतिशतले बढेर २० करोड ८१ लाख रूपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षका सोही अवधिसम्म कम्पनीको खुद नाफा १९ करोड २७ लाख रूपैयाँ रहेको थियो ।

असार मसान्तसम्मको अवधिमा लघुवित्तको सञ्चालन नाफा १५.४४ प्रतिशतले बढेर ३३ करोड ४ लाख रूपैया आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा २८ करोड ६२ लाख रूपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ५२ करोड २० लाख ८५ हजार रूपैयाँ, जगेडा कोष रकम ७९.७१ प्रतिशत बढेर ४५ करोड १९ लाख रूपैयाँ, निक्षेप संकलन ४५.५९ प्रतिशत बढी २ अर्ब ७४ करोड २३ लाख रूपैयाँ, निष्क्रिय कर्जा१ दशमलव ६५ प्रतिशतमा झरेको छ ।

चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ३९ रूपैयाँ ९९ पैसा र प्रतिशेयर नेटवर्थ १८६ रूपैयाँ ५६ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्