एनआईबिएल एस क्यापिटल दशौं वर्षमा, यस्ता छन् वार्षिकोत्सव अफर
काठमाडौं । एनआईबिएल एस क्याप्टिल लिमिटेडले मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दै आएको आज १० वर्ष पूरा भएको छ । आफ्नो १० वर्षे सफल कार्यकालमा यस क्यापिटलले १८८ कम्पनीको आइपिओ तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गरेको कम्पनीले जनाएको छ । यस क्यापिटल हाल ५१ कम्पनीको शेयर रजिष्ट्रारको रुपमा समेत कार्यरत छ ।
क्यापिटल, योजना व्यवस्थापक रही “एनआईबिएल म्युचुअल फण्ड” अन्र्तगत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । जसमध्ये एनआईबिएल समृद्धि फण्ड–१ परिपक्क भई आफ्नो इकाई धनीहरुलाई रकम समेत फिर्ता गरिसकेको छ । साथै नयाँ बन्दमुखी योजना ‘एनआईबिल ग्रोथ फण्ड’ नेपाल धितोपत्र बोर्डमा पेश भई प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको क्यापिटलले ७०० भन्दा बढि लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले आफ्नो संस्थागत परामर्श सेवा अन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीले ३ लाख ग्राहकवर्गलाई डिम्याट खाता तथा २.२५ लाख ग्राहकवर्गलाई मेरो शेयर सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
आजकै दिन १० वर्ष पूरा गरेको अवसरमा यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै ग्राहकवर्गलाइ लक्षित गरी निम्न योजनाहरु ल्याएको छस्
1. डिम्याटको वार्षिक नविकरण शुल्कमा १० वर्षको अग्रिम भुक्तानीमा थप १० वर्ष निशुल्क नविकरण ८
2. रु १० मा मार्केट एक्सपर्टै
3. ब्यवस्थित लगानी योजना व्यवस्थित लगानी योजनाको धन्यवाद अफर (लगानीकर्ता हरु मध्ये बाट १० जना भाग्यशाली महानुभावहरुलाई रु १०,००० बराबरको इकाई प्रदान गरिने र यो भाग्यशाली विजेताहरुको छनोट गोलाप्रथाद्वारा फेसबुक लाइभ मार्फत गरिने
4. एसआइपिमा दर्ता हुने बालबालिका लाई आकर्षक उपहार प्रदान गरिने
यो योजना २०७९ साल श्रावण १५ गते देखि २०७९ साल श्रावण २५ गते सम्मको लागि, लागु हुने यस क्यापिटलले बताएको छ ।













