साधना लघुवित्तको नाफा ११ करोड ६१ लाख हुँदा निक्षेप संकलन ६० प्रतिसतले बृद्धि « Arthapath.com
१५ श्रावण २०७९, आईतवार

साधना लघुवित्तको नाफा ११ करोड ६१ लाख हुँदा निक्षेप संकलन ६० प्रतिसतले बृद्धि



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा ओरालो लागेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा ०.८३ प्रतिशतले घटेर ११ करोड ६१ लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले ११ करोड ७० लाख ९५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

असार मसान्तको अवधिमा लघुवित्त संचालन नाफा ओरालो लाग्दा खुद नाफा समेत प्रभावित भएको छ । यस अवधिमा लघुवित्तको संचालन नाफा २.६४ प्रतिशतले घटेर १४ करोड ८० लाख ५० हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा १५ करोड २० लाख ७१ हजार रुपैयाँ आर्जन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २४ करोड २६ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद ब्याज आम्दानी १९ प्रतिशतले बढेर २८ करोड ८७ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी २५ प्रतिशतले बढेर ३२ करोड १२ लाख २५ हजार रुपैयाँ, जगेडा कोष ३०.७८ प्रतिशतले बढेर १७ करोड ५७ लाख २९ हजार रुपैयाँ, निक्षेप संकलन ६०.७० प्रतिशतले बढेर १ अर्ब ३४ करोड २१ लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४२ पैसाले घटेर ३६ रुपैयाँ १५ पैसा (वार्षिक) मा झरेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ५७ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्