जाल्पा सामुदायिक लघुवित्तको नाफा सामान्य घटेपनि खुद ब्याज आम्दानीमा छलाङ, यस्तो छ अन्य सूचक « Arthapath.com
१६ श्रावण २०७९, सोमबार

जाल्पा सामुदायिक लघुवित्तको नाफा सामान्य घटेपनि खुद ब्याज आम्दानीमा छलाङ, यस्तो छ अन्य सूचक



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा सुधार देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा ४ दशमलव ६७ प्रतिशतले घटेर ९ करोड ८६ लाखमा झरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा लघुवित्तले १० करोड ३४ लाख नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव २० प्रतिशतले बढेको छ भने सञ्चालन नाफा १ दशमलव ४५ प्रतिशतले घटेको छ । असार मसान्तसम्म खुद ब्याज आम्दानी ३५ करोड ३९ लाख पुगेको छ भने संचालन नाफा ९ करोड ४६ लाखमा झरेको छ ।

समिक्षा अवधिमा लघुवित्तको सापटी रकम ५७ दशमलव ८९ प्रतिशतले बढेर १ अर्ब ८९ करोड, निक्षेप २० दशमलव ५२ प्रतिशतले बढेर २ अर्ब ५५ करोड, कर्जा ४० दशमलव २९ प्रतिशतले बढेर ५ अर्ब ५ करोड रुपैयाँ, चुक्तापूँजी ४८.४२ प्रतिशतले बढेर १६ करोड, जगेडा कोष २५.९९ प्रतिशतले बढेर ४७ करोड २६ लााख रुपैयाँ आर्जन गरेको छ ।

गत आवको असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी ६१ दशमलव ६६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ३४७ दशमलव ७० रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्