सूर्योदय वोमी लघुवित्त नाफा करिब १४ करोड, चुक्तापूँजी ७९ करोड माथि « Arthapath.com
१६ श्रावण २०७९, सोमबार

सूर्योदय वोमी लघुवित्त नाफा करिब १४ करोड, चुक्तापूँजी ७९ करोड माथि



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा घटेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मम लघुवित्तले १३ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.०६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

असार मसान्तसम्मको अवधिमा लघुवित्तको संचालन नाफा र संचालन खर्चमा गिरावट आउँदा खुद नाफामा प्रभाव परेको हो । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४५.६७ प्रतिशत बढेर ४६ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अघिल्लो वर्षभन्दा १६७ दशमलव ९७ प्रतिशत बढी ५ अर्ब ७० करोड रूपैयाँ कर्जा सापटी लिएको छ भने १३६ दशमलव १८ प्रतिशत बढी १ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ । गत वर्ष कम्पनीले अघिल्लो वर्षभन्दा १६१ दशमलव ७५ प्रतिशत बढी ४ अर्ब २७ करोड निक्षेप संकलन गरेको छ ।

समिक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ४७.११ प्रतिशत बढेर ५८ करोड १० लाख रुपैयाँ, खराब कर्जा समेत १.३८ प्रतिशतबाट बढेर ३.४६ प्रतिशत, चुक्ता पूँजी ९२.२६ प्रतिशत बढेर ७९ करोड १९ लाख रुपैयाँ पुगेकोमा जगेडा कोषको आकार ८९.५२ प्रतिशत बढेर ५५ करोड८७ लाख रुपैयाँ संचित रहेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३४ पैसा घटेर १७ रुपैयाँ ६३ पैसामा सीमित भएको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ५५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्