साना किसान लघुवित्तको नाफा झण्डै ७१ करोड, अन्य सूचकमा छलाङ

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफामा छलाङ आएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको लघुवित्तको खुद नाफा १७.४५ प्रतिशतले बढेर ७० करोड ८३ लाख २९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ६० करोड ३१ लाख ११ हजार रुपैयाँ रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले १ अर्ब २१ करोड ७३ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा उक्त आम्दानी १०.६८ प्रतिशतले बढेर १ अर्ब ३४ करोड ७३ लाख १८ हजार रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्मको अवधिमा लघुवित्तको संचालन नाफा १६.३९ ले बढेर १ अर्ब ९७ लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा ८६ करोड ७५ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी २५ प्रतिशतले बढेर १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ, जगेडा कोष १५.०१ प्रतिशतले बढेर १ अर्ब ६८ करोड १७ लाख ९० हजार रुपैयाँ, सापटी २४.५३ प्रतिशतले बढेर १६ अर्ब ३० करोड ४३ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।
लघुवित्तको खराब कर्जा ०.६८ प्रतिशतमा सीमित छ । खुद नाफामा सुधार भएपनि पुँजी वृद्धिको अनुपात बढी हुँदा प्रतिसेयर आम्दानी भने ३ रुपैयाँ ८६ पैसाले घटेर ४५ रुपैयाँ २८ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ भने २६६ रुपैयाँ ८ पैसा छ ।