अर्बपति क्लबका छिमेक र निर्धन उत्थान लघुवित्तमा को कति बलियो, यस्तो छ एकमुष्ट विवरण (तथ्याङ्ग) « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

अर्बपति क्लबका छिमेक र निर्धन उत्थान लघुवित्तमा को कति बलियो, यस्तो छ एकमुष्ट विवरण (तथ्याङ्ग)



काठमाडौं । गत आर्थिक वर्ष अर्थात २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अधिकांश लघुवित्तले सार्वजनिक गरी सकेका छन् । सार्वजनिक गरेका अधिकांश लघुवित्तहरुको नाफामा सुधार नै देखिएको छ । लघुवित्तको क्षेत्र फराकिलो हुदैं गइरहेको अवस्था लघुवित्तको नाफामा समेत छलाङ आइरहेको छ । लघुवित्तले सार्वजनिक विवरणहरुमा २ लघुवित्त अर्बपति क्लबमा आफ्नो उपस्थिति यथावत नै राखेको छ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा घटे पनि अर्बपति क्लबमा नै आफ्नो सहभागिता गुमाएको छैन ।

२०५८ सालमा स्थापना भएको छिमेक लघुवित्तको काठमाडौंमो मध्यबानेश्वरमा केन्द्रिय कार्यालय रहेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा, संचालन नाफा र प्रतिशेयर आम्दानी ओरालो लागेको छ भने अन्य सूचकहरुमा सुधार देखिएको छ ।

गैर सरकारी संस्थाबाट दिगो रुपमा ब्यापक तरिकाले सेवा प्रवाह गर्न नसक्ने अनुभव भएपछि मातृ संस्था निर्धककै पहलबाट विस २०५५ कात्तिक १२ गते स्थापना भएको निर्धन उत्थान लघुवित्तको काठमाडौंको नक्सालमा केद्रिय कार्यालय रहेको छ ।

खुद नाफामा को कति बलियो

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार छिमेक लघुवित्त बलियो देखिएको छ । लघुवित्तको खुद नाफा घटे पनि लघुवित्त मध्य कै नाफा १ नम्बरमा रहेको छ । दुबै लघुवित्तले अर्ब पति क्लबमा आफ्नो सिट ओगटेको भएपनि छिमेक लघुवित्त निर्धन उत्थान लघुवित्त भन्दा नाफा १ करोड रुपैयाँले बढी कमाएको छ ।

सो समिक्षा अवधिमा छिमेक लघुवित्तको नाफा २१.४३ प्रतिशतले घटेको हो भने निर्धन उत्थान लघुवित्तको खुद नाफा १३.५० प्रतिशतले घटेको हो । छिमेक लघुवित्तले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ३१ करोड ३८ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको लघुत्तिले गत आर्थिक वर्षको सोहि अवधिमा नाफा घटेर १ अर्ब ३ करोड २२ लाख ८३ हजार रुपैयाँ रहेको छ । निर्धन उत्थान लघुवित्तको नाफा १ अर्ब २ करोड ८२ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

चुक्तापूँजी कस्को कति ?
चुक्तापूँजीमा समेत छिमेक लघुवित्तले आफ्नो धिरिलो अवस्था कायम गरेको छ । आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्ममा छिमेक लघुवित्तले २ अर्ब भन्दा माथि चुक्तापूँजी पुराएको छ भने निर्धन उत्थानले समेत सोहि २ अर्बको चुक्तापूँजी बनाएको छ । छिमेक लघुवित्तको चुक्तापूँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ र निर्धन उत्थान लघुवित्तले २ अर्ब १९ करोेड ५० लाख २५ हजार रुपैयाँ चुक्तापूँजी रहेको छ ।

प्रतिशेयर आम्दानीलाई हेर्दा
समिक्षा अवधिसम्मको अवधिलाई हेर्दा निर्धन उत्थान लघुवित्तलेको प्रतिशेयर आम्दानी बढी रहेको छ । खुद नाफा र चुक्तापूँजीमा छिमेक लघुवित्त अगाडि भए पनि प्रतिशेयर आम्दानीमा निर्धन उत्थान लघुवित्तले अग्रता कमाय गरेको छ । यस अवधिमा निर्धन उत्थान लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ८५ पैसा रहेको छ भने छिमेक लघुवित्तको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ४२ पैसा रहेको छ । छिमेक लघुवित्त भन्दा निर्धन उत्थान लघुवित्तको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४३ पैसाले बढी हो ।

खुद ब्याज आम्दानी
दुबै लघुवित्तहरु मध्य खुद ब्याज आम्दानीमा छिमेक लघुवित्त अगाडि देखिएको छ । छिमेक लघुवित्तको खुद ब्याज आम्दानी २ अर्ब ४९ करोड ५ लाख २४ हजार रुपैयाँ रहेको छ भने निर्धन उत्थान लघुवित्तको २ अर्ब ९ करोड ७४ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ ।

संचालन नाफामा को बलियो
समिक्षा अवधिको वित्तीय विवरण अनुसार संचालन नाफामा छिमेक लघुवित्तको नै अग्रता रहेको छ । छिमेक लघुवित्तको संचालन नाफा १ अर्ब ६० करोड ७८ लाख १९ हजार रुपैयाँ रहेको छ भने निर्धन उत्थान लघुवित्तको १ अर्ब ४७ करोड ६ लाख ८५ हजार रुपैयाँको आग्रता रहेको छ ।

प्रतिशेयर नेटवर्थमा छिमेक लघुवित्तको अग्रता
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा छिमेक लघुवित्तले प्रतिशेयर नेटवर्थमा समेत अग्रता ल्याएको छ । सो अवधिमा छिमेकको प्रतिशेयर आम्दानी २५४ रुपैयाँ २० पैसा रहेको छ भने निर्धन उत्थानको प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ८६ पैसा रहेको छ ।

जगेडा कोष र निक्षेपमा को बलियो
लघुवित्तले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको विवरण अनुसार जगेडा कोष र निक्षेप संकलनमा समेत छिमेक लघुवित्तको अग्रता कायम राखेको छ ।

अधिकांश सूचकहरुलाई हेर्दा छिमेक लघुवित्त नै अगाडि देखिएको छ ।

छिमेक लघुवित्तको लाभांश
छिमेक लघुवित्तले सबै भन्दा बढी २०७२।०७३ र आर्थिक वर्ष २०७१।०७२ मा दिएको थियो । सो आर्थिक वर्षमा सबै भन्दा बढी ५२.७ प्रतिशत लाभांश दिएको हो । त्यस्तै २०६९।०६९ मा ४८ प्रतिशत, २०७३।२०७४ मा ४५ प्रतिशत लाभांश दिएको हो ।

निर्धन उत्थानको लाभांश
निर्धन उत्थान लघुवित्तले सबै भन्दा बढी लाभांश २०७३।०७४ मा दिएको छ । लघुवित्तले सो आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई ८०.७१ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, २०७१।०७२ मा ६१.९१ प्रतिशत, २०७०।०७१ मा ५२.६३ प्रतिशत लाभांश वितरण गरेको छ । लाभांश वितरणमा भने निर्धन लघुवित्तले अगाडि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्