मितेरी डेभलपमेन्टको शेयर बिक्रिमा, क-कस्ले दिन पाउँछन् आवेदन ?
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकका शेयरधनी विकास खनाल र अशोक कुमार अग्रवालले बैंकले शेयर बिक्रिका लागि निवेदन बमोजिम ८९ हजार १५८ कित्ता शेयर बिक्रिमा ल्याएको हो ।
बैंकका विद्यमान संस्थापक शेयरधनीले शेयर निवेदन पेश दिन पाउनेछन् ।
बैंकले शेयर खरिद गर्न इच्छुकहरुले सूचना जारी भएको (साउन २७ गतेबाट) ३५ लिनभित्र केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादीमा दरखास्त दिन सक्नेछन् । तोकिएको समयभित्र निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्तिलाई बिक्रि गरिने बैंकले जनाएको छ ।












