७ श्रावण २०८३, बिहिबार

सोल्टी होटलको मुनाफा ३० करोड माथि उक्लियो, अन्य सूचक कस्तो ?



काठमाडौं । सोल्टी होटल लिमिटेडले आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार ३० करोड १६ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवमा २२ करोड ४९ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत आर्थिक वर्षमा भने खुद नाफा गर्न सफल भएको हो ।

गत आवमा कम्पनीको कुल आम्दानी २०२ प्रतिशत बढी भएकाले खुद नाफा गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षमा ४५ करोड ३९ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ३७ करोडभन्दा बढी कुल आम्दानी गरेको हो ।

कम्पनीको कुल खर्च पनि अघिल्लो आवभन्दा ६७ दशमलव ९४ प्रतिशत बढी अर्थात् १ अर्ब ५ करोड भएको छ । समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ८४ करोड २५ लाख ७९ हजार, रिटेन्ड अर्निङ रकम ५१ प्रतिशत बढेर ८९ करोड १२ लाख ९५ हजार रहेको छ ।

गत आवको चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५८ पैसा र प्रतिशेयर नेटवर्थ २० रुपैयाँ ५८ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्