पुरातत्व तथा सम्पदा अध्ययन केन्द्रको स्थापना गरौंः महर्जन
काठााडाैं । नेपाली कांग्रेसका युवा नेता प्रकाश महर्जनले काठमाण्डौमा पुरातत्व तथा सम्पदा अध्ययन केन्दको स्थापना गर्नुपर्ने बताएका छन् ।
शनिबार नेपाली कांग्रेस काठमाण्डौं क्षेत्र नं ५ प्रदेश (क) कमिटी द्वारा काठमाण्डौंको गैरीधारामा आयोजित निर्वाचन लक्षित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महर्जनले देशका बिभिन्न सम्पदा क्षेत्रहरुको अस्तित्व संकटमा परेको बताउदै पुरातात्व अध्ययन तथा अनुशन्धान गरि सम्पदाको संरक्षण र विश्वव्यापी प्रवर्धनका निमित्त पुरातत्व तथा सम्पदा निर्माण गर्नुपर्न् बताएका हुन् ।
काठमाण्डौं क्षेत्र नं ५ भित्र पर्ने हाडिगाँउ नेपालकै पुरानो राजधानी भएको शोध खोज अनुशन्धानहरु एवं बिभिन्न ईतिहासकार तथा पुरातत्व विद्हरुको अध्ययनबाट समेत प्रमाणित भईसकेता पनि राज्यले उचित संरक्षण र प्रवर्धन नगरेका कारण हाडीगाउँ र आसपासका दर्जनौ सम्पदा क्षेत्रहरुको अस्तित्व खतरामा रहेकोले सो क्षेत्रलाई पुरातत्व तथा सम्पदा अध्ययनको केन्द्रका रुपमा बिकास गर्नु पर्ने बताएका हुन् ।
“देश भित्र र बाहिरका बिभिन्न विश्वविधालय संगको सहकार्यमा पुरातत्व तथा सम्पदा अध्ययनरत बिधार्थी र शोधकर्ताहरुले पुरातत्व तथा सम्पदा अध्ययन केन्द्र मार्फत यस क्षेत्र भित्र, काठमाण्डौं अपत्यका र नेपाल भित्रका बिभिन्न सम्पदा क्षेत्रहरुको खोज, अध्ययन र अनुशन्धान गर्ने एक स्वायत्त संस्थाको रुपमा स्थापना गरिनुपर्ने” बताएका छन् ।
काठमाण्डौं क्षेत्र नं ५ प्रदेश (क) क्षेत्रबाट प्रदेश सभा उम्मेद्वारी को तयारीमा रहेका महर्जनले जय बर्माको १८०० साल भन्दा बढी पुरानो पूर्ण शालिक समेत यसै क्षेत्रमा उत्खन्न भएको स्मरण गराउदै पुरातत्व तथा सम्पदा अध्ययन केन्द्र यसै क्षेत्र भित्र बनाइनु पर्नेमा जोड दिदै आफुले यस कार्यलाई मूर्त रुप दिने दृढ संकल्प प्रस्तुत गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेसले आसन्न निर्वाचनमा जनभावना अनुरुपको कार्य गर्न सक्ने व्यक्तिलाई मात्र पार्टिले उम्मेद्वार बनाउने बताउनु भयो । नेपाली कांग्रेसका क्षेत्रिय सभापति श्याम खड्काले क्षेत्रिय कार्य समितिले काठमाण्डौ क्षेत्र नं ५ भित्रका सम्पूर्ण वडाहरुमा निर्वाचन लक्षित कार्यक्रमहरु तय भईसकेको जानकारी दिनुभयो। कार्यक्रम सभापतित्व गर्नु भएका नेपाली कांग्रेस काठमाण्डौं क्षेत्र नं ५ प्रदेश (क) सभापति रमेश डंगोलले पार्टिले क्षेत्र भित्रको आम कार्यकर्ता र जनताको चाहना बेवास्ता गरी चुनावको टिकट वितरण गर्न नहुने कुरामा जोड दिनु भयो ।














