पूँजीबजारले नेपालका कर्पोरट सेक्टरलाई पूँजी दिन्छ भने सरकाले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ:शेयर विज्ञ डा.भट्ट
काठमाडौं । नेपालको पूँजीबजारले कर्पोरेट सेक्टरका कम्पनीहरुलाई पूँजी दिन्छ भने सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने तर्क शेयर विज्ञ डा. गोपाल भट्टले राखेका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले पूँजीबजारका सरोकारवालहरुसँग गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाई राख्दै विज्ञ भट्टले यो बजार देशको आवश्यकता हो भने आवश्यक योजना सहित खोल्नुपर्नेमा जोड दिएका छन् ।
देशको विकास गर्छु समृद्धिमा लैजान्छु भन्नेले बजार लामो समय सम्म बन्द हुदाँ समेत व्यवस्था गर्नु उचित नभएको उनको भनाई छ । अन्तराष्ट्रिय मुलुकमा लकडाउन जारी रहदा समेत बजार खुला रहेको अवस्थामा नेपालमा लामो समय बन्द हुनुको कारण यस क्षेत्रलाई सरकारले व्यवास्था गरेको आरोप शेयर भट्टले लगाएका छन् । हरेक संकटबाट सिक्दै जानुपर्ने भन्दै उनले अन्तराष्ट्रिय स्तरमा सुचारु भएको शेयर कारोबारको मोडालिटि हेरेर नेपालमा पनि बजार सुचारु गराउनुपर्ने सुझाव दिएका छन् ।















