नेप्सेमा राप्ती हाइड्रो आइपीओ सूचीकृत, ओपनिङ रेन्ज ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । मंगलबार राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन आइपीओ नेप्सेमा सूचीकरण भएको हो ।
कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता सेयर सूचीकरण भएको हो । अब बुधबार (भदौ १५ गते) बाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ ।
जसअनुसार पहिलो कारोबार न्यूनतम १०६ रुपैयाँ ३५ पैसादेखि अधिकतम ३१९ रुपैयाँ ०५ पैसाभित्र रहेर हुनेछ । आरएचजीसीएल संकेतमा यसको कारोबार खुला हुनेछ ।













