एशियन लाइफ इन्स्योरेन्सले दियो व्यतित बीमालेखमा लाग्ने ब्याजमा ५० प्रतिशत छुट « Arthapath.com
१५ भाद्र २०७९, बुधबार

एशियन लाइफ इन्स्योरेन्सले दियो व्यतित बीमालेखमा लाग्ने ब्याजमा ५० प्रतिशत छुट



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट दिएको छ ।

कम्पनीले नियमित रूपमा बीमाशुल्क भुक्तानी नगरेका बीमितलाई लाग्ने बिलम्ब शुल्क (ब्याज) मा ५० प्रतिशत छुट दिने भएको हो ।

एक सूचना निकाल्दै कम्पनीले २०७७ भदौ १४ गतेदेखि व्यतित भएका बीमालेखहरूमा लाग्ने ब्याजमा छुट दिन लागेको जनाएको छ ।

भदौ १४ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघि पूर्ण व्यतित भएका बीमालेखहरूलाई मात्र ब्याज छुट प्रदान गरिने तर, भदौ १४ गतेभन्दा अगाडि परिपक्व हुने बीमालेखहरूमा ब्याज छुट प्रदान नगरिने सूचनामा उल्लेख छ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना

Tags :

प्रतिक्रिया दिनुहोस्